भाग – ८
प्रस्तावित विधान सिद्धलेक पर्यटन विकासका लागि थप टेवा मिलोस् भन्नका लागि स्थलगत अध्ययन भ्रमण, वृद्धवृद्धाहरूसँगको भेटवार्ता, किंवदन्ती एवं जनश्रुति र अन्य श्रोतहरूद्वारा यसको यथार्थता, महत्त्व र प्राकृतिक शोभाको बारेमा केही प्रष्ट पार्न मैले यो पुस्तकमार्फत् कोसिस गरेको छु । हालसम्म यसको विधान तयार गरी विधानको आधारमा चल्ने कार्य भने हुन सकेको छैन तसर्थ म यस पर्यटन विकास समितिको सदस्य एवं चासो राख्ने व्यक्तिको हैसियतले विधान निर्माण गर्दा विधानमा समावेस गरिनुपर्ने बुँदाहरूको सानो झलक यस पुस्तकको पानामा देखाई प्रस्ताव गर्न चाहन्छु । यसमा व्यापक सुधार गर्दै विधान निर्माण गर्न सम्पूर्ण पाठकवर्ग एवं बुद्धिजीवी व्यक्तिहरूबाट थप सुझाव प्राप्त भएमा निकट भविष्यमा निर्माण हुने विधान राम्रो र परिष्कृत बन्न सक्ने कुरामा आशावादी हुँदै यो विधानमा समावेश गरिने प्रस्तावित बुँदाहरू उल्लेख गर्न चाहन्छु । १. यस समितिको नाम - ' सिद्धलेक पर्यटन विकास समिति नलाङ–सलाङ धादिङ ' भन्ने रहने छ । २. छाप - गोलो आकारको लोगोमा माथिबाट यसको नाम, तलबाट ठेगाना र बीचमा मन्दिर भई मन्...