Posts

Showing posts from May, 2021

भाग – ८

प्रस्तावित विधान      सिद्धलेक पर्यटन विकासका लागि थप टेवा मिलोस् भन्नका लागि स्थलगत अध्ययन भ्रमण, वृद्धवृद्धाहरूसँगको भेटवार्ता, किंवदन्ती एवं जनश्रुति र अन्य श्रोतहरूद्वारा यसको यथार्थता, महत्त्व र प्राकृतिक शोभाको बारेमा केही प्रष्ट पार्न मैले यो पुस्तकमार्फत् कोसिस गरेको छु ।      हालसम्म यसको विधान तयार गरी विधानको आधारमा चल्ने कार्य भने हुन सकेको छैन तसर्थ म यस पर्यटन विकास समितिको सदस्य एवं चासो राख्ने व्यक्तिको हैसियतले विधान निर्माण गर्दा विधानमा समावेस गरिनुपर्ने बुँदाहरूको सानो झलक यस पुस्तकको पानामा देखाई प्रस्ताव गर्न चाहन्छु । यसमा व्यापक सुधार गर्दै विधान निर्माण गर्न सम्पूर्ण पाठकवर्ग एवं बुद्धिजीवी व्यक्तिहरूबाट थप सुझाव प्राप्त भएमा निकट भविष्यमा निर्माण हुने विधान राम्रो र परिष्कृत बन्न सक्ने कुरामा आशावादी हुँदै यो विधानमा समावेश गरिने प्रस्तावित बुँदाहरू उल्लेख गर्न चाहन्छु । १. यस समितिको नाम - ' सिद्धलेक पर्यटन विकास समिति नलाङ–सलाङ धादिङ ' भन्ने रहने छ । २. छाप - गोलो आकारको लोगोमा माथिबाट यसको नाम, तलबाट ठेगाना र बीचमा मन्दिर भई मन्...

भाग – ७

सिद्धलेक पर्यटन विकासका निम्ति वर्तमान प्रयासहरू     सिद्धलेकको आदिकालदेखि हालसम्म रहँदै आएको प्राकृतिक शोभा तथा धार्मिक ऐतिहासिक महत्त्व र अन्य महिमामय पक्षहरूलाई दृश्यावलोकन गर्दै यसको वृहत्तर उन्नतिलाई मध्यनजर गरी केही वर्ष अघिदेखि यस क्षेत्रका समाजसेवक, बुद्धिजीवी एवं राजनैतिक व्यक्तित्वहरू समेतको जमघटद्वारा यस क्षेत्रलाई ‘ सिद्धलेक पर्यटन विकास समिति नलाङ–सलाङ ’  घोषणा गराई यसको पूर्वाधारलाई विकास गर्न कार्य आरम्भ गर्नुपर्ने महसुस गरी क्षेत्रीय जनसहयोगको आधारमा निम्न कार्यहरू गरिँदै आएको छ । १– सिद्धलेक पर्यटन विकास समिति नलाङ–सलाङको स्थापना      सिद्धलेकलाई पर्यटन क्षेत्रमा विकास गराउन निम्न पदाधिकारी रहेको ' सिद्धलेक पर्यटन विकास समिति नलाङ–सलाङ' नामक एक संस्थाको स्थापना गरी कार्य आरम्भ भयो । १.श्री खुनराज थापा, ( अध्यक्ष, सलाङ गा.वि.स.) - अध्यक्ष २.श्री प्रेमनाथ सिलवाल (अध्यक्ष, नलाङ गा.वि.स.) - उपाध्यक्ष ३.श्री जगन्नाथ शर्मा (प्र.अ., श्री सिद्धेश्वर मा.वि.) - सचिव ४श्री नवराज खतिवडा - सह सचिव ५.श्री खुड्क प्र. पाठक - कोषाध्यक्ष ६.श्री शालिग्र...

भाग – ६

सिद्धबाबा र सिद्धलेकका बारेमा थप खोज गर्न समस्त बौद्धिक जगत्मा अनुरोधपूर्ण आह्वान आदरणीय समस्त बौद्धिक एवं सज्जन महानुभाव तथा मित्रहरू !        यस सिद्धभूमि उल्लिखित ऐतिहासिक, धार्मिक तथा प्राकृतिक दृष्टिकोणबाट पर्यटकीय क्षेत्र स्वयं घोषित भइसकेको छ । यसलाई केही वर्ष यतादेखि पर्यटन विकास समिति गठन गरी जि.वि.स. धादिङको सहयोगमा कच्ची सडक निर्माण कार्य शुरु हुँदै आएको र स्थानीय बासिन्दा एवं बुद्धिजीवीहरूबाट विशेष चासो राखी बौद्धिक तथा भौतिक सहयोग हुँदै आएको छ । ' सिद्ध समाज सेवा नेपाल' भन्ने संस्थाद्वारा स्थानीय विकासका कार्य तथा पर्यटन प्रवर्धन कार्य हुँदै आएको छ । स्थानीय बासिन्दा मेघराज नहर्कीज्यूबाट एक होटल तथा रेष्टुेन्ट खोली केही आर्थिक सहयोग समेत भएको यस अवस्थामा म ' सिद्धलेक पर्यटन विकास समिति नलाङ–सलाङ ' को संस्थापक एवं वर्तमान सदस्यको हैसियतले र आफ्नो समितिको सल्लाह सुझाव र निर्देशन समेतबाट यस लेकको बारेमा स्थलगत अध्ययन, भ्रमण, स्थानीय बूढापाका एवं बुद्धिजीवीहरूको भनाइ, किंवदन्ती, कथा र जनश्रुतिहरू सुन्दै बटुल्दै र हेर्दै सामान्य खोज अनुसन्धान गर्दै एउटा सानो...

भाग – ५

सिद्धलेकलाई पर्यटन विकास क्षेत्रमा परिणत गर्न गराउनका लागि स्वदेशी एवं विदेशी दातृसंस्था वा व्यक्तिहरूमा सहयोगको अपेक्षा      अनुपम सौन्दर्यले भरिएको सिद्धलेक क्षेत्रलाई पर्यटन विकास क्षेत्रमा परिणत गर्न गराउन सहज र सरल छैन । यसको अपेक्षाकृत सुधार गरी विकास गराउन यस क्षेत्रमा करोडौँ  धनराशि लगाउनुपर्ने हुन्छ । लाखौँ व्यक्तिको श्रमको आवश्यकता पर्दछ । हजारौँ बुद्धिजीवीहरूको बौद्धिकताको खाँचो पर्दछ र सयौँ व्यक्तिहरूसँग विवादमा अल्झिनुपर्ने हुन्छ । यस्तो खर्चालु, जटिल, एवं महत्त्वाकांक्षी काम गर्न सहज र सरल छैन । त्यसैले यस कामका निमित्त यही अनुसन्धानमूलक पुस्तकबाट समस्त स्वदेशी तथा विदेशी, सरकारी एवं गैरसरकारी संघ–संस्था, निकाय, व्यक्ति एवं विभिन्न खालका दातृ संस्थाहरूसँग आर्थिक एवं भौतिक सहयोग माग गरी यस क्षेत्रको पर्यटन विकासका पूर्वाधारहरूलाई विकासमा पुर्याउन अनुरोधपूर्ण आह्वान गरिन्छ । यसका अतिरिक्त यस भेकका समस्त बुद्धिजीवी एवं सज्जनहरूलाई पनि आर्थिक भौतिक र असमर्थ हुँदा नैतिक मात्र भए पनि सहयोग गरिदिन अनुरोध गरिन्छ ।           यस क्षे...

भाग – ४

सिद्धलेक पर्यटन विकास क्षेत्र निर्माणका आधार, आवश्यकता र अनिवार्यता      सिद्धलेकलाई पर्यटन विकास क्षेत्र बनाई यसको शोभाको औचित्य प्रदान गर्न केही वर्ष अघिदेखि केही व्यक्तिहरूद्वारा कल्पना भई सिद्धलेक पर्यटन विकास समिति नलाङ र सलाङ नामक संस्था स्थापना गरेर नलाङ र सलाङ गा.वि.स. दुवैमा निर्णय भई जि.वि.स. धादिङले समेत ३ पटक ३०+२०+२० = ७० हजार आर्थिक सहयोग गरिसकेको, स्थानीय गा.वि.स. नलाङ र सलाङ समेतले केही लगानी लगाइसकेको र श्री मेघराज नहर्कीबाट रु.१५,०००/- र स्थानीय बासिन्दाहरूद्वारा ठूलो भौतिक सहयोग हुँदै आएको छ । यो सिद्धलेकलाई पर्यटन क्षेत्र बनाउने आधारहरू पर्याप्त छन् । तिनीहरूलाई बुँदागत रूपमा निम्नानुसार प्रस्तुत गरिएको छ । १. रमणीय स्थानमा रहेको सिद्धबाबाको मन्दिर      धार्मिक दृष्टिले आदिदेव श्री सिद्धेश्वर महादेवको मूर्ति त्यस ठाउँमा भइदिनाले नित्य पूजा–अर्चनाका लागि मानिसहरू गइरहन्छन् । यसको प्रचार–प्रसारलाई व्यापक बनाउन सके धार्मिक दृष्टिले पनि यहाँ प्रशस्त स्वदेशी र विदेशी पर्यटकहरू आउंँछन् । त्यस्तै वरपरका देवीस्थान, कालिकास्थान, कालीदेवी, समर...

भाग–३

सिद्धलेक वरपरका जातजाति, भेषभूषा र संस्कृति      सिद्धलेक दुई गा.वि.स.ले घेरिएको ठाउँ भएकाले यस वरपर दुवै गा.वि.स.का जातजाति बस्दछन् । जाति अनुसार आ–आफ्नो धर्म, संस्कृति र भेषभूषा छुट्टाछुट्टै छन् ।           यस क्षेत्रमा नेवार, गुरुङ, मगर, शाही–ठकुरी, सूचीकार, विश्वकर्मा, योगी, सार्की र कम सङ्ख्यामा बाहुन–क्षेत्रीहरूको बसोबास छ तर केही परका क्षेत्रहरूमा भने बाहुन–क्षेत्रीहरू प्रशस्त मात्रामा बसोबास गर्दछन् ।           नेवारहरू चाँगा कपडा बुन्ने, लाखे लगाउने, गुठको भोज खाने गर्दछन् । गुरुङहरू र मगरहरू पनि घाटु नाच लगाउने नै काम गर्छन् । योगीहरू फेरि (फिरी) लगाउने, ठकुरीहरू शिकार गर्ने, सूचीकारहरू कपडा सिउने, सार्कीहरू जुत्ता सिउने, विश्वकर्मा भाडा बनाउने र ब्राह्मणहरू पूजाआजा वा यजमानी गर्ने गर्दछन् । तर केही वर्ष यता जातिगत व्यवसायमा ह्रास हुँदै गएको छ । इच्छा अनुसारका व्यवसाय गर्न थालिएको छ । मगरहरू मगर भाषा बोल्छन् भने अन्य जातिहरू सबै खस भाषा (नेपाली भाषा) नै बोल्छन् । केही नेवारहरू भने नेवारी भाषा पनि बोल्छ...

भाग – २

सिद्धलेकको ऐतिहासिक र प्राकृतिक महत्त्व एवं परिचय क) स्थान      वाग्मती अञ्चल धादिङ जिल्ला नलाङ र सलाङ दुई गा.वि.स. को सिमानामा पर्ने सिद्धलेक महाभारतीय पहाडी शृङ्खलाको अति उच्च हिउँविहीन चुचुरो हो । यसलाई पृथ्वी राजमार्गको मलेखु, सलाङघाट, बेनीघाट र त्यस वरपरका सस्पूर्ण क्षेत्रबाट देख्न र हेर्न सकिन्छ । यो लेक धार्मिक, ऐतिहासिक र प्राकृतिक दृष्टिले अत्यन्त मनोरम स्थल हो । ख) सिमाना      यो लेक नलाङ र सलाङ गा.वि.स. को बीचमा सिमानाको काम गर्ने भए पनि नलाङ तर्फका वडा नं. १, वडा नं. २ ले छोएका छन् भने सलाङतर्फका वडा नं. १, ४, ७ र ८ ले छोएका छन् । तैपनि नलाङ र सलाङ दुवै गा.वि.स.को शिरको रूपमा देखिने यो लेकको फेदीतर्फ हेर्दा पूर्वमा थोपलखोला अर्थात् कुम्पुर र सुनौलाबजार गा.वि.स.हरू, पश्चिममा बूढीगण्डकी अथवा गोर्खा जिल्लाको भुङ्लीचोक र घ्याल्चोक गा.वि.स.हरू, उत्तरतर्फ च्याँडु र ग्याल्मा खोला अथवा मैदी, ढोला र मुरलीभञ्ज्याङ गा.वि.स.हरू र दक्षिणतर्फ त्रिशूलीनदी अथवा बेनीघाट गा.वि.स.ले सिमानाको काम गर्दछन् । ग) भौगोलिक बनावट र दृश्य      यो लेक...

भाग – १

श्री सिद्धेश्वर महादेव (सिद्धबाबा) को संक्षिप्त परिचय क) उत्पत्ति      किंवदन्ती अनुसार परापूर्वकालमा भगवान् शिवले आफ्नो ससुराली हिमालय पर्वतबाट नव–दाम्पत्यपछि नयाँ जीवनसँगिनी पार्वतीलाई आफूप्रति सच्चाप्रेम भए–नभएको परीक्षण गर्न लुक्ने मनसाय गरी कहाँ जाने भन्ने सोचाइ हुँदा श्लेष्मान्तक वनमा वनविहार गर्न जाने निष्कर्ष निकाली हिमालय पर्वतबाट निस्कन लाग्दा सामुमा देखिने हालको सिद्धलेकको रमणीय डाँडामा बसौँ भन्ने ठानेर वायुवेगले आई त्यस डाँडामा विराजमान हुनुभयो। अत्यन्त मनोहर डाँडो जसको वरपर तथा दायाँ–बायाँ, तलतिर मानव बस्ती र आफूद्वारा संरक्षित प्राणीहरूको बसोबास देख्दा मुग्ध शिवजी केही समय वरपरको दृश्यावलोकन गरी बासको खोजीमा लाग्नुभयो । हाल सिद्धमन्दिरको दक्षिणतर्फको न्यानो पहराको ओडारमा बस्ने  मनसाय लिई तल झर्दा खासै उचित स्थान एवं सुरक्षित बास नदेखेपछि सोही पहरामा आफ्नो त्रिशूल मच्चाई हान्दा पहरामा बस्नयोग्य गुफा त बन्यो, तर त्रिशूल बेसरी रोपिन पुगी तल बहेकी त्रिशुली नदीको सतहसम्म पुगेकाले त्रिशुलीको पानीलाई शोषण गरी पिउने पानीको समेत व्यवस्था हुनपुग्यो । जुन गुफा...