भाग – ७

सिद्धलेक पर्यटन विकासका निम्ति वर्तमान प्रयासहरू

    सिद्धलेकको आदिकालदेखि हालसम्म रहँदै आएको प्राकृतिक शोभा तथा धार्मिक ऐतिहासिक महत्त्व र अन्य महिमामय पक्षहरूलाई दृश्यावलोकन गर्दै यसको वृहत्तर उन्नतिलाई मध्यनजर गरी केही वर्ष अघिदेखि यस क्षेत्रका समाजसेवक, बुद्धिजीवी एवं राजनैतिक व्यक्तित्वहरू समेतको जमघटद्वारा यस क्षेत्रलाई ‘सिद्धलेक पर्यटन विकास समिति नलाङ–सलाङ’  घोषणा गराई यसको पूर्वाधारलाई विकास गर्न कार्य आरम्भ गर्नुपर्ने महसुस गरी क्षेत्रीय जनसहयोगको आधारमा निम्न कार्यहरू गरिँदै आएको छ ।

१– सिद्धलेक पर्यटन विकास समिति नलाङ–सलाङको स्थापना 

    सिद्धलेकलाई पर्यटन क्षेत्रमा विकास गराउन निम्न पदाधिकारी रहेको 'सिद्धलेक पर्यटन विकास समिति नलाङ–सलाङ' नामक एक संस्थाको स्थापना गरी कार्य आरम्भ भयो ।

१.श्री खुनराज थापा, ( अध्यक्ष, सलाङ गा.वि.स.) - अध्यक्ष
२.श्री प्रेमनाथ सिलवाल (अध्यक्ष, नलाङ गा.वि.स.) - उपाध्यक्ष
३.श्री जगन्नाथ शर्मा (प्र.अ., श्री सिद्धेश्वर मा.वि.) - सचिव
४श्री नवराज खतिवडा - सह सचिव
५.श्री खुड्क प्र. पाठक - कोषाध्यक्ष
६.श्री शालिग्राम अर्याल (प्र.अ., नागेश्वरी प्रा.वि.) - सदस्य
७.श्री खिन ब. थापा - सदस्य
८.श्री बम ब. थापा -सदस्य
९.श्री कमल गुरुङ -सदस्य
१०.श्री मेघराज नहर्की -सदस्य
११. श्री रङ्गनाथ थपलिया सल्लाहकार - सदस्य
१२.श्री राम प्र. अधिकारी सल्लाहकार - सदस्य

२– सिद्धसेवा समाजको स्थापना

    यसैगरी सिद्धलेक र यस वरपरका क्षेत्रको हरप्रकारका विकासका लागि सरकारी तथा गैरसरकारी, स्वदेशी र विदेशी दातृ संस्थाद्वारा आर्थिक सहयोगको अनुरोध गर्दै स्थानीय विकास गर्ने गराउने उद्देश्य  लिँदै 'सिद्धसेवा समाज' नामक संस्था खोली गैरसरकारी संस्थाद्वारा रकम माग गरी विद्यालय निर्माण तथा अन्य कार्य गरिँदै आएको छ । उक्त संस्थामा निम्न व्यक्तिहरू रहेर काम आरम्भ भइसकेको छ ।

१.मेघराज नहर्की - अध्यक्ष
२.रामप्रसाद नहर्की - उपाध्यक्ष
३.जीवन नहर्की - सचिव
४.चुडामणि नहर्की - सहसचिव
५.देवराज नहर्की - कोषाध्यक्ष
६.भीमबहादुर श्रेष्ठ - सदस्य
७.कृष्णमान श्रेष्ठ - सदस्य
८.नारायण श्रेष्ठ - सदस्य
९.युवराज दुवाडी - सदस्य
१०.रामप्रसाद अर्याल - सदस्य
११.गीतादत्त धरेल - सदस्य
१२.विमल नहर्की - सदस्य
१३.विश्वमणि नहर्की - सदस्य
१४.रामबाबु इटनी - सदस्य
१५.लक्ष्मण नहर्की - सदस्य

३– सिद्धलेक पर्यटन विकास समितिमार्फत जिल्ला विकास समितिद्वारा सिद्धलेक पर्यटन विकासका लागि आर्थिक सहयोग प्रदान, सिद्धलेकलाई पर्यटन विकास क्षेत्रको मान्यता प्रदान र विकास कार्यको थालनी

    जन अपेक्षानुसार जिल्ला विकास समिति धादिङले यस समितिको माग र अनुरोधलाई स्वीकार गर्दै हालसम्म पटक–पटक गरी ७० हजार रूपैयाँ सिद्धलेक पर्यटन विकासको पूर्वाधार निर्माण गर्न आर्थिक अनुदान सहयोग प्रदान गरिसकेको छ । जसबाट सरकारी निकायद्वारा यसलाई हाम्रो पर्यटन विकास क्षेत्रको स्थानीय घोषणालाई स्वीकृति दिएको अथवा समर्थन गरिसकेको पुष्टि हुन्छ । उक्त रकमद्वारा खिर्रे भञ्ज्याङबाट पात्ले गाउँ हुँदै केही माथिसम्म कच्ची सडक खन्ने काम शुरु भएको छ । जसबाट सिद्धलेक र सिद्धबाबाको दृश्यावलोकन गर्न चाहने पर्यटकहरूलाई ठूलो मद्दत हुने कुरामा दुई मत नहोला ।

४– गा.वि.स.हरू एवं स्थानीय व्यक्तिहरूबाट सहयोग

    सिद्धलेक पर्यटन विकास समिति नलाङ–सलाङको अनुरोधमा गा.वि.स. कार्यालय नलाङ र सलाङद्वारा यस क्षेत्रको विकासलाई सहयोग र समर्थन गर्दै आर्थिक, भौतिक एवं जनश्रम परिचालनका कार्य भएको छ, जुन सहयोग सडक निर्माण कार्यमा लागेको छ । यस क्षेत्रको विकास कार्यमा स्थानीय जनता तथा महिलाहरूद्वारा ठूला सहयोगहरू हुँदै आएका छन् । जस्तैः– जङ्गलमा लागेको डढेलो बहादुरीका साथ निभाउने, शिवरात्रि जस्ता पर्वहरूमा जात्रालु वा श्रद्धालुहरूलाई पानी बोकेर खुवाउने, जङ्गल संरक्षण गर्ने, ढुङ्गाखानी बन्द गराउने, खोजतलास कार्यमा जाने व्यक्तिलाई आफूले जानेसुनेका कुराहरू भनेर सहयोग गर्ने आदि यसका प्रमाण हुन् ।

५– होटल तथा रेष्टुरेण्टको व्यवस्था

    यस क्षेत्रलाई पर्यटन विकास क्षेत्र घोषणा गराई केही काम शुरु भएपछि विदेशी तथा स्वदेशी पर्यटकहरू यस क्षेत्रको दृश्यावलोकन गर्न आउन थालेपछि उनीहरूलाई खानपान तथा बसाइको सुविधा प्रदान गर्नुपर्ने भएकाले एक स्तरीय होटेल एवं रेष्टुरेण्टको व्यवस्था गरी पर्यटकहरूलाई केही सुविधा प्रदान गर्दै  पर्यटकहरूलाई थप आकर्षण गर्ने काम भएको छ  । उक्त क्षेत्रमा सर्वप्रथम स्थापित त्यस  होटेललाई ( https://www.shreeban.com.np/ )  ईन्टरनेटमा समेत हेर्न सकिन्छ । त्यसबाहेक सिद्धेलेक क्षेत्रमा अन्य होटलहरू पनि बिस्तारै संचालनमा आउने क्रममा छन्  ।

६– अन्य कार्यहरू

    यस क्षेत्रको विकासका लागि आँगेटारी खोल्सी (सलाङ) बाट खानेपानी ल्याउन मूल अवलोकन गरी योजना निर्माणकार्य  थालनी भएको छ । सिद्धबाबा मन्दिरबाट शिवलिङ्ग (सिद्धगुफा) जाने बाटो निर्माण गर्ने योजना तय गर्न थालिएको छ । सिद्धलेक तथा सिद्धबाबाको बारेमा प्रारम्भिक खोज अनुसन्धान शुरु गरी सम्पूर्ण पक्षमा परिचय गराउन यो पुस्तक प्रकाशित भएको छ । सिद्धलेक जाने आठवटा महत्त्वपूर्ण नाका तथा गौँडालाई बाटोमा परिणत गर्न प्राथमिकता दिईनुपर्ने कुरामा छलफल हुँदै आएको छ । सिद्धबाबाको मन्दिर जिर्णोद्वार तथा पुनर्निर्माण गरिनुपर्ने कुरामा प्राथमिकता दिँदै उल्लिखित कार्यहरू गर्न आर्थिक सहयोग जुटाउन दातृसंस्थाहरूबाट विचार गरिँदै आएको छ । सिद्धलेक पर्यटन विकास र निर्माणका विभिन्न कार्य सरल र सहज बनाउन एक विधान बनाइनुपर्ने र सोको आधारमा काम हुनुपर्ने जस्ता कुरामा विस्तृत छलफल भइरहेको छ । यो काम पूरा गर्न सम्पूर्ण क्षेत्रबाट सहयोग  पुर्याइयोस्  भन्ने अपेक्षा सम्बन्धित पक्षले गरेको छ ।

Comments

Popular posts from this blog

भाग – २

भाग–३

भाग – ५