भाग – ६
सिद्धबाबा र सिद्धलेकका बारेमा थप खोज गर्न समस्त बौद्धिक जगत्मा अनुरोधपूर्ण आह्वान
आदरणीय समस्त बौद्धिक एवं सज्जन महानुभाव तथा मित्रहरू !
आदरणीय समस्त बौद्धिक एवं सज्जन महानुभाव तथा मित्रहरू !
यस सिद्धभूमि उल्लिखित ऐतिहासिक, धार्मिक तथा प्राकृतिक दृष्टिकोणबाट पर्यटकीय क्षेत्र स्वयं घोषित भइसकेको छ । यसलाई केही वर्ष यतादेखि पर्यटन विकास समिति गठन गरी जि.वि.स. धादिङको सहयोगमा कच्ची सडक निर्माण कार्य शुरु हुँदै आएको र स्थानीय बासिन्दा एवं बुद्धिजीवीहरूबाट विशेष चासो राखी बौद्धिक तथा भौतिक सहयोग हुँदै आएको छ । 'सिद्ध समाज सेवा नेपाल' भन्ने संस्थाद्वारा स्थानीय विकासका कार्य तथा पर्यटन प्रवर्धन कार्य हुँदै आएको छ । स्थानीय बासिन्दा मेघराज नहर्कीज्यूबाट एक होटल तथा रेष्टुेन्ट खोली केही आर्थिक सहयोग समेत भएको यस अवस्थामा म 'सिद्धलेक पर्यटन विकास समिति नलाङ–सलाङ' को संस्थापक एवं वर्तमान सदस्यको हैसियतले र आफ्नो समितिको सल्लाह सुझाव र निर्देशन समेतबाट यस लेकको बारेमा स्थलगत अध्ययन, भ्रमण, स्थानीय बूढापाका एवं बुद्धिजीवीहरूको भनाइ, किंवदन्ती, कथा र जनश्रुतिहरू सुन्दै बटुल्दै र हेर्दै सामान्य खोज अनुसन्धान गर्दै एउटा सानो पुस्तक तयार गरी त्यसमा प्राप्त विषयवस्तु थन्क्याउने कोसिस गरेको छु । यसमा मेरो खोजतलास, अनुसन्धान, भ्रमण एवं जनश्रुतिहरूको श्रवणमा कैयौँ अधुरा, अपरिपक्कता र कमजोरी हुन सक्छन् भने कोही कसैको भनाइलाई मात्र आधार मान्दा कथानक र जनश्रुति झूटा वा अतिरञ्जित पनि लाग्न सक्छन् । तैपनि यसलाई सानो बच्चाको बामे सर्ने पहिलो प्रयासका रूपमा लिँदै मेरो पहिलो प्रकाशित पुस्तक अध्ययनको क्रममा देखिएका मेरा कमजोरीहरूलाई प्रष्ट रूपमा औँल्याई लिखित सुझावहरू दिन आग्रह गर्दछु ।
यस लेकको थप खोजतलास, अनुसन्धान, विचार–विश्लेषण, अध्ययन, भ्रमण गरी यस स्थानलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा चिनाउन सहयोग गर्नुहुन समस्त बौद्धिक जगत्, सरकारी एवं गैरसरकारी संघ–संस्था र समस्त जनमानसमा आह्वान गर्न चाहन्छु ।
Comments
Post a Comment