भाग–३
सिद्धलेक वरपरका जातजाति, भेषभूषा र संस्कृति
सिद्धलेक दुई गा.वि.स.ले घेरिएको ठाउँ भएकाले यस वरपर दुवै गा.वि.स.का जातजाति बस्दछन् । जाति अनुसार आ–आफ्नो धर्म, संस्कृति र भेषभूषा छुट्टाछुट्टै छन् ।
यस क्षेत्रमा नेवार, गुरुङ, मगर, शाही–ठकुरी, सूचीकार, विश्वकर्मा, योगी, सार्की र कम सङ्ख्यामा बाहुन–क्षेत्रीहरूको बसोबास छ तर केही परका क्षेत्रहरूमा भने बाहुन–क्षेत्रीहरू प्रशस्त मात्रामा बसोबास गर्दछन् ।
नेवारहरू चाँगा कपडा बुन्ने, लाखे लगाउने, गुठको भोज खाने गर्दछन् । गुरुङहरू र मगरहरू पनि घाटु नाच लगाउने नै काम गर्छन् । योगीहरू फेरि (फिरी) लगाउने, ठकुरीहरू शिकार गर्ने, सूचीकारहरू कपडा सिउने, सार्कीहरू जुत्ता सिउने, विश्वकर्मा भाडा बनाउने र ब्राह्मणहरू पूजाआजा वा यजमानी गर्ने गर्दछन् । तर केही वर्ष यता जातिगत व्यवसायमा ह्रास हुँदै गएको छ । इच्छा अनुसारका व्यवसाय गर्न थालिएको छ । मगरहरू मगर भाषा बोल्छन् भने अन्य जातिहरू सबै खस भाषा (नेपाली भाषा) नै बोल्छन् । केही नेवारहरू भने नेवारी भाषा पनि बोल्छन् ।
Comments
Post a Comment