समर्पण
समर्पण
ऐतिहासिक, धार्मिक एवं
प्राकृतिक महत्त्वले भरपुर सिद्धलेकमा
विराजमान श्री सिद्धेश्वर महादेव (सिद्धबाबा) को
बारेमा
सक्दो खोजतलास गरी यो सानो पुस्तक लेख्ने
मौका
पाएकोमा गर्व लागेको छ । यो पुस्तक धार्मिक
आस्थामा प्रतिबद्ध मेरा पूजनीय पिता माता
श्री फणीन्द्र प्रसाद अर्याल र माता
श्रीमती टेन कुमारी अर्यालका
चरणकमलमा सादर
समर्पण गर्दछु
अस्तुः ।
शुभकामना
धादिङ जिल्ला
नलाङ गा.वि.स. वडा नं. ७ बैरेनीमा बसोवास गर्दै आउनुभएका लेखक श्री शालिग्राम
अर्याल प्रवेशिकासम्मको सीमित योग्यता भए पनि स्वाध्यायन पक्ष दरो भएका कारण आफ्ना
कथा कविता तथा लेख रचनाहरूद्धारा जिल्लाबासीहरूलाई विमोहित पार्दै आउनु भएको छ ।
वहाँका लेखरचनाहरू यथार्थवादी र व्यङ्ग्यमूलक हुन्छन् । यद्यपि यो ‘सिद्धलेक
सिद्धबाबा’ (संक्षिप्त परिचय) नामक अनुसन्धानमूलक ग्रन्थ हो ।
खोज
अनुसन्धानको कार्य सरल र सहज छैन । कड़ा परिश्रम, अध्ययन
र विषयवस्तुको गहिराइसम्म नपुगी यो कार्य सम्भव छैन । त्यसमा पनि ऐतिहासिक, धार्मिक एवं प्राकृतिक विषयवस्तुको खोज अनुसन्धान
गर्न स्थलगत भ्रमण गरी किंवदन्तीहरू बटुल्न, छानविन गरी
यथार्थमा पुग्न र सिलसिलेवार लेखबाट पुस्तक तयार गर्नु ज्यादै जटिल कार्य हो तैपनि
अविरल कठोर प्रयत्नबाट यो पुस्तकमार्फत आफ्नो जिल्ला र गाउँको पवित्रस्थल सिद्धलेक
र सिद्धबाबाकों परिचय गराउन लेखक सफल भएको म ठान्दछु । यस पुस्तकले सिद्धलेक र
सिद्धबाबाको ऐतिहासिक र धार्मिक महत्त्वमा अर्को ठूलो बाढ़ी ल्याइदिएको छ । यसबाट
देश विदेशका जुनसुकै जिज्ञासुहरूले यस स्थानको महत्त्व र सौन्दर्यबारे सहज थाहा
पाउन सक्ने भएका छन् । नेपालका यस्ता महत्त्वपूर्ण र सारपूर्ण पवित्रस्थलहरू धेरै
छन् । सबैको यथार्थ परिचय कोही न कोहीबाट दिनसके नेपालको गौरव माथि उठ्ने कुरा
निर्वाद छ । यो पवित्र स्थल पर्यटन विकास
क्षेत्रका रूपमा विश्वसामु चिनाउन समेत यो पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने
कुरामा म विश्वस्त छु ।
अन्त्यमा
लेखकको जिउँदो जोस, जाँगर र उत्साहका साथै नवोदित लेखन प्रतिभाको विकास
हुँदै जाओस्, यस्तै अनुसन्धानमूलक ग्रन्थहरू वहाँबाट प्रशस्त
जन्मन सकून्, साहित्यफाँटमा लेख रचनाहरू मौलाउंदै जाऊन् यही मेरो
शुभकामना ।
दामोदर ‘नलाङी’
सदस्य धादिङ साहित्य समाज
मन्तव्य
सिद्धलेक पर्यटन विकास समितिका संस्थापक एवं
वर्तमान सदस्य धा. जि. नलाङ – ७ निवासी, श्री नागेश्वरी प्रा.वि. नलाङका प्रधानाध्यापक एवं
समाजसेवी लेखक श्री शालिग्राम अर्यालज्यूबाट कठोर परिश्रम र खोज–तलासबाट तयार गरिएको यो ‘सिद्धलेक सिद्धबाबा’ संक्षिप्त परिचय नामक अनुसन्धानमूलक ग्रन्थ हेर्दा
मलाई अत्यन्त हृदयस्पर्श हुनपुग्यो । धादिङ जिल्ला र नेपालको गौरव उच्च राख्ने
काममा यसले महत्त्वपूर्ण भूमिका खेल्नेछ र यस क्षेत्रको पर्यटन विकास कार्यलाई यस
पुस्तकबाट ठूलो टेवा मिल्नेछ भन्ने पूर्ण विश्वासका साथ म एक पर्यटन व्यवसायीको
हैसियतले यस महान् कार्यमा थोरै सहयोग पुगोस् भन्ने हेतुले लेखकसँग अनुमति लिई यो
पुस्तक प्रकाशन कार्यमा सहयोग गर्ने विचार लिएको हुँ । लेखकप्रति म प्रगतिको
हार्दिक कामना व्यक्त गर्दछु ।
मेघराज नहर्की
प्रकाशक
मेरो भनाइ
आफ्नो गा.वि.स. एवं सन्निकट स्थान भएर होला, मेरा बुबा र गाउँका बूढापाकाहरूबाट सिद्धलेक र
सिद्धबाबाको प्राचीनकालको अलौकिक कुरा सुनेपछि दुईचार पटक त्यसक्षेत्रको भ्रमण
गर्ने मौका मिलाएँ । भ्रमण पश्चात् मेरो मस्तिष्कमा त्यस क्षेत्रलाई ऐतिहासिक, धार्मिक एवं प्राकृतिक सौन्दर्यको आधारमा पर्यटन
क्षेत्रमा परिणत गर्न सके आफ्नो जिल्ला, आफ्नो गाउँ र
आफ्नो राष्ट्रकै वृहत्तर फाइदा हुने जस्तो कुराको महसुस भयो । यसै क्रममा सो
स्थानको थप खोजतलास र पर्यटन क्षेत्रमा विकास गरी केही साथीहरूका सहयोगमा नलाङ र
सलाङ गा.वि.स. पदाधिकारी सहित बुद्धिजीवी समाजसेवीहरूको जमघटमा सिद्धलेक पर्यटन
विकास समिति नलाङ–सलाङ नामक संस्था खोली दुवै गा.वि.स. सहित जि.वि.स.
धाङिको समेत आर्थिक सहयोगमा सडक खन्ने, यात्रुहरूलाई
मेलापर्वमा पानी खुवाउने जस्ता कार्य हुन थाल्यो । हाल उक्त समितिको समेत आग्रहमा
वरपरका बुढापाका, बुद्धिजीवी समाजसेवीहरूद्वारा प्राप्त किंवदन्ती, जनश्रुति, पहिलेका र
अहिलेका दृश्य र आफ्नै भ्रमणबाट प्राप्त सामाग्रीहरूका आधारमा यो सानो पुस्तक
लेख्ने प्रयास गरेको हुँ ।
यस पुस्तकको सिर्जनाका लागि मलाई प्रेरणा
दिने मेरा पिता–माता, सिद्धलेक
पर्यटन विकास समिति, खोजका क्रममा जाँदा आफूले देखेसुनेका कुरा बताई
सहयोग गर्नुहुने श्री भिमबहादुर श्रेष्ठ, मेघबहादुर
सिलवाल, तुलसी प्रसाद दुवाडी, डिल्लीरमण
अर्याल, कृष्णराज सिलवाल लगायत सम्पूर्ण सहयोगीहरूमा आभार
प्रकट गर्दै मेरो दरो ज्ञान र सीपको अभावमा परिष्कृत हुन नसकेको लेखनशैली र
अशुद्धिहरूलाई सच्याउन सहयोग गरी दिनुहुने आदरणीय गुरु श्री डिल्लीरमण अर्याल, नरनाथ लुईटेल, गुरु लीलानाथ
पौडेल एवं सुधारका निमित्त सुझाव दिनुहुने मित्र श्री दामोदर ‘नलाङी’ र बेलाबखतमा विविध सल्लाह दिनुहुने श्री जगन्नाथ
शर्माप्रति पूर्ण आभारी बन्दै हृदयतः धन्यवाद दिन चाहन्छु ।
त्यसैगरी घरका काम–धन्दा आफूले मात्र खेपेर मलाई गृहकर्मबाट फुर्सद
दिलाई पुस्तक तयार पार्नदेखि प्रकाशन गर्नसम्म पूर्ण सहयोग मिलाइदिने मेरी श्रीमती
लक्ष्मी अर्याललाई पनि धन्यवाद दिन चाहन्छु । पुस्तकको प्रकाशन सम्बन्धी सम्पूर्ण
व्ययभार ग्रहण गरी उल्लेख्य सहयोग प्रदान गर्नुहुने मित्र श्री मेघराज नहर्की
प्रति म आभारी छु ।
आदरणीय सज्जन पाठकजनहरू, मैले यसभन्दा अगाडि साना–साना लेख, कविता, मुक्तक, कथा र
गीतहरूतर्फ केही कलम चलाउने गरेको थिएँ । पुस्तककारमा कुनै रचना तयार हुन गएको
थिएन । यो मेरो प्रथम प्रयास हो । यसभित्र अनगिन्ती अशुद्धि र त्यस्तै धेरै पक्षका
कमजोरी वा त्रुटि हुन सक्छन् त्यसैले विज्ञ पाठक वर्गहरू ! मेरा कमजोरी वा
भूलहरूलाई उपयुक्त सुझाव एवं सल्लाह दिनुहुनेछ भन्ने आशा एवं विश्वास व्यक्त गर्दछु
।
शालिग्राम अर्याल
नलाङ, धादिङ
माटोको महक
धादिङका पाखा–पखेरा, उकाली–ओराली र
भञ्ज्याङ्ग–देउरालीमा रमाएर हिडेको सम्झना मेरो स्मृतिपटबाट
हराएको छैन । जबजब हरेक वर्ष असार आउँछ म असारसँगै लछप्प भिज्दै धादिङका रनवन, गाऊँ र बस्ती डुलेको सम्झना–तप्केनी तप्किन थालिहाल्छ । २०६० को यही असारमा
लुछुप्प भिज्दै धादिङका पुराना मित्र शलिग्राम अर्याल काठमाडौंको मेरो डेरामा घेरा
हाल्न आई पुग्नुभयो । अस्तव्यस्त मेरो समयलाई ख्याल नै नगरी मलाई उहाँले फेरामा
पार्नु भयो । उहाँले ‘सिद्धलेक–सिद्धबाबा’ नामक कृतिको पाण्डुलिपि मेरा अगाडि राखिदिँदै
पढिदिन र केही लेखिदिन आग्रह गर्नु भयो ।
जतिसुकै
बेफुर्सद भए पनि मैले त्यो मीठो आग्रह टार्ने कुरै भएन । केही त लेख्नैप¥यो लेख्नुभन्दा पहिले नपढी लेख्ने कुरै भएन ।
धादिङका बस्ती चहार्ने क्रममा म आफू पनि दुइ–तीन पटक
पुगेको सिद्धलेकलाई नै स्वादिलो पारामा परिचय दिँदै रचना गरिएको पुस्तक आद्योपान्त
पढेँ । असारको झरीसँगै म फेरि अर्कोचोटि सिद्धलेकको टुप्पामै पुगेर
हिमशृङ्खलाहरूको दृश्यावलोकन गरेँ । त्यतैबाट देखिने नजिकैको मैदी, खरी, चैनपुर हुँदै
बुढाथुम, बसेरी, फूलखर्क, गुम्दी, सल्यानकोट र
अझ उत्तरका तामाङ बस्तीहरूलाई एकटकले टोलाउँदै हेरेँ । हेर्नु के थियो आफ्ना पाइला
परेको माटोलाई स्मरण गरेँ । विस्मृत हुन नसकेको दुई दशक पुरानो मेरो स्मृतिलाई
शालिग्राम अर्यालको यो पुस्तक ‘सिद्धलेक–सिद्धबाबा’ ले यसरी ताजा गराइदियो । यस्तो पुनीत अवसर प्रदान
गरेकोमा म मित्र अर्याललाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
मैले
शालिग्राम अर्यालमा बेजोडको कविता–शक्ति पनि
देखेको छु । राजधानीको नजिकै भएर पनि जसरी धादिङ ओझेलमा परेको छ विलकुल त्यसै गरी
उहाँजस्तो प्रतिभा नराम्रोसँग ओझेलमा पर्नुभएको छ । छन्दलाई स्वाभाविक ढङ्गले
आत्मसात् गरी कविता रचना गर्ने उहाँको क्षमता राजधानीका आजका कतिपय कविहरूभन्दा
धेरै उन्नत छ भन्दा अत्युक्ति हुनेछैन । त्यस अतिरिक्त अनुसन्धानात्मक लेखनमा पनि
हात हाल्नुभएको देख्दा मलाई औधी खुसी लाग्यो । धार्मिक आस्थाले भन्दा पनि बढी
आफ्नो गाउँबस्तीका ऐतिहासिक, धार्मिक, प्राकृतिक र पर्यटकीय महत्त्वका स्थानलाई चिनाउने
उद्देश्यले प्रस्तुत पुस्तकको रचना गर्नु भएको हो भन्ने मलाई लागेको छ । यसका साथै
आगामी दिनमा आफ्नो कवितात्मक प्रतिभाको उज्यालो छर्ने अन्यान्य कृतिहरू पनि
प्रकाशनमा आउन्, यही अपेक्षाका साथ हार्दिक शुभकामना व्यक्त
गर्दछु ।
नरनाथ लुइँटेल
कलङ्की,
काठमाडों
सम्मति र शुभेच्छा
शालिग्राम अर्याल धादिङ जिल्ला अन्तर्गत
नलाङ गा.वि.स.वडा नं.७ बैरेनीका निवासी हुन् । उनी नेपाली भाषा र साहित्यमा रुचि
राख्ने लगनशील व्यक्तिहरूमा एक हुन् । उनी हाल उक्त गाउँमा अवस्थित श्री नागेश्वरी
प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । शिक्षकहरूले आफ्ना पेसागत हकहितका लागि
वि.सं.२०३६ सालदेखि सञ्चालन गर्दै आएको आन्दोलनको क्रममा विभिन्न शिक्षक भेलाहरूमा
प्रायः व्यङ्गयात्मक गीत,
कविता, कथाहरू सुनाएर
चकित पार्दै हँसाउन चुकेनन् । यिनी समाजमा समय–समयमा घटित
विकृति र विसङ्गतिहरूको खोइरो खन्न र उछित्तो पार्न कहिल्यै पछि परेनन् र पर्दैनन्
पनि ।
यिनी आफूले
लेखेका साहित्यिक लेखहरू समय–समयमा मलाई सुनाउने र
केही शुद्धाशुद्धि सम्बन्धी कुरामा कमी, कमजोरी भएकोमा
सुधारसमेत गरिदिने अनुरोध गर्दै आएका छन् । जुनसुकै कार्यमा पनि लगनशील जिज्ञासु
व्यक्तित्वहरूमा यस्तो किसिमका प्रवृत्ति भएका हुन्छन् । एक थरी आफ्नो आन्तरिक
कृतकृती (कुनै काम गर्दा संवेगात्मक सक्रियता वा उत्कण्ठा) लाई बाहिर प्रकट गर्दा
म उपहासको पात्र बन्छु कि,
आफू समाजमा नजान्ने बनिन्छु कि भन्ने
तर्कनाले आफूभित्रै गुम्साएर उक्त आन्तरिक कुतकुती (चौचौ) लाई अन्तःहृदयमा राख्न
नसकी कहाँ उकेलूँ भन्दै छटपटाउँदै अरूलाई सुनाउन, छलफल
गर्न आफूभन्दा प्रबुद्ध विज्ञहरूसँग जिज्ञासु भएर जानकारी लिन चाहन्छन् साथै
बुद्धिलाई अझ तिखार्दै र परिमार्जित गर्दै समाजमा अघिअघि बढ्दै अन्तिम लक्ष्यसम्म
पुग्छन् । शालिग्राम अर्याल दोस्रो किसिमको प्रवृत्ति भएका व्यक्तिहरू अन्तर्गत
पर्दछन् ।
अर्यालले
हालसम्म रचना गरेका साहित्यिक लेखहरू
प्रकाशित त भएका छैनन् । अब बिस्तारै
प्रकाशित हुँदै जालान् – भन्ने आशा गर्न
सकिन्छ । हाल यिनी आफ्नो जिल्लाको
प्राकृतिक, धार्मिक, साँस्कृतिक
आदि क्षेत्ररूको
अनुसन्धान सम्बन्धी कार्यमा प्रयासरत छन् । अनुसन्धान गर्ने कार्य सरल र सहज छैन ।
यसका लागि धेरै समय खर्चिनुपर्ने हुन्छ । आफ्नो बौद्धिक क्षमतालाई गहिराइसम्म पु¥याउनुपर्ने हुन्छ । सानोतिनो योगदानले त्यो कार्य
सफल तुल्याउन सकिन्न तैपनि साहस गरेर यिनी अगाडि बढिहेका छन् ।
धादिङ
जिल्लाको सदरमुकाम धादिङबेसीबाट लगभग चारकोशको दुरीमा रहेको नलाङ गा.वि.स. र सलाङ
गा.वि.स.को बीच वा साँधको रूपमा रहेको लगभग १५४० मिटरको उचाइ जो दक्षिणतर्फ
पहरैपहराको र उत्तरतर्फ लेकाली पाताल–मनोहर जङ्गलले
सिँगारिएर रहेको गगनचुम्बी चुचुरोमा रहेको प्राकृतिक, धार्मिक, साँस्कृतिक
धरोहरको रूपमा नेपालीहरूका आराध्यदेव सिद्धेश्वर भगवान् महादेवको स्थान स्वर्गको
प्रतिनिधित्व गर्दै अवस्थित छ । जसको सेरोफेरोमा रहेका विभिन्न जातजाति, पशुपन्छी, वनजङ्गलमा
रहेका वनस्पति, जडीबुटी तथा लालीगुराँस आदि मौसमी फूलहरूले दुलही
सिँगारिएझै सिँगारिएको उक्त स्थल र हाराहारीमा रहेको ढेवालेक समेतलाई पर्यटन
क्षेत्र बनाउने सम्बन्धमा जनश्रुति, किंवदन्ती र
बूढापाका मानिसहरूको भनाइलाई आधार बनाई अनुसन्धानात्मक लेख लिएर मेरो पासमा आइपुगे
शालिग्राम अर्याल । नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा जानकारी होस् र
उक्त क्षेत्रमा पर्यटन विकास गरेर राष्ट्रको उत्थान हुन सक्ने ग्रन्थका रूपमा रचित
‘सिद्धलेक सिद्धबाबा’ संक्षिप्त परिचय (अनुसन्धानमूलक ग्रन्थ) नामक
पुस्तकाकार ग्रन्थ प्रकाशित हुन लागेको सुन्दा अत्यन्त हर्ष लागेको छ ।
यस किसिमको
अनुसन्धानात्मक लेखले भक्त तथा दृश्यावलोकन गर्ने जनसमुदायमा अवश्य पनि धेरै
कुराको जानकारी दिन सक्ने साधनका रूपमा यस ग्रन्थलाई लिन सकिन्छ ।
यसैले शालिग्राम अर्याललाई साधुवाद छ ।
उनीबाट यस्ता अनुसन्धानात्मक लेखहरू उत्तरोत्तर जन्मिरहून् भन्ने सम्मति र
शुभेच्छा व्यक्त गर्दछु ।
२०६० ÷२÷१०
डिल्लीरमण शर्मा अर्याल
अध्यक्ष
धादिङ साहित्य समाज
शुभेच्छा
अनुसन्धानमूलक
कृति “सिद्धलेक सिद्धबाबा संक्षिप्त परिचय” सरसर्ती हेर्ने मौका पाएँ । ऐतिहासिक, धार्मिक र प्राकृतिक विषयवस्तुलाई केन्द्रविन्दु
बनाई लेखकको जन्मस्थल नलाङ गा.वि.स.को मुकुट, मनोरम, प्रसिद्ध र धार्मिक स्थल सिद्धलेकको सेरोफेरोमा
लेखनी अगाडि बढ्दा यस क्षेत्रलाई धार्मिक स्थल, पर्यटन विकास
क्षेत्र, प्राकृतिक जडीबुटी उत्पादन एवं संरक्षण केन्द्र, सुन, ताँबो, स्लेट (छाउने ढुङ्गा) आदि र विविध पशुपन्छीको
उत्पादन, संरक्षण र संवर्धनका लागि यहाँका जनता, राष्ट्र तथा अन्र्तराष्ट्रको समेत ध्यानाकर्षण
भइरहेको र अझ बढी चिन्ता र चासो लिन सकेमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिने
कुराको उल्लेख यस कृतिमा भएको छ । प्रसिद्ध धार्मिक स्थल समेत भएकाले लेखकले यसका
बारेमा प्रारम्भिक खोज–अनुसन्धान शुरु गरी सम्पूर्ण पक्षमा परिचय गराउन र
यसलाई भविष्यमा पर्यटन विकास क्षेत्र निर्माण गर्ने जुन उत्साह र उमङ्गका साथ
लाग्नुभएको छ, यस्तो कार्य आजसम्म कसैले नगरेकाले यो अपूर्व छ ।
यसमा समाजको धार्मिक र आर्थिक दुवै पक्षलाई अगाडि बढाएको कारण समाजलाई गति प्रदान
गर्ने रथका दुवै पाङ्ग्रा समेटिएकाले सबैका लागि रुचिपूर्ण छ, त्यसैले यो प्रशंशनीय छ ।
अन्तमा लगनशील, उत्साही तथा उत्सुक शिक्षक भाइ श्री शालिग्राम
अर्यालजीका सान्दर्भिक लेख,
कविता, कथा र मुक्तक
तथा यस किसिमका कृतिले राष्ट्रोत्थानका लागि निकै सहयोग पु¥याएका छन् र अझ यस्ता कृतिहरू उत्तरोत्तर परिष्कृत
हुँदैजाने कुरामा सफलता प्राप्त होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु ।
२०६० ÷ ३÷१८
लीलानाथ पौडेल
सह प्राध्यापक, पूर्व प्राचार्य
वाल्मीकि क्याम्पस
विषय–सूची
ड्ड सिद्धेश्वर
महादेव (सिद्धबाबा) को एक सङ्क्षिप्त परिचय ............ १५
(क) उत्पत्ति
....................................................................१५
(ख) मूर्ति (देवता) स्थापना
...................................................१६
(ग) देवताको स्थान (मन्दिर निर्माण)
..................................... १६
(घ) मर्मत तथा सुधार
...................................................... १७
(ड) मन्दिर तथा देवताको हालको अवस्था
............................. १७
(च) सिद्धबाबाको ऐतिहासिक महत्त्वका
कथा र किंवदन्तीहरू .................................................१८
ड्ड सिद्धलेकको
प्राकृतिक महत्त्व एवं परिचय ................................२१
(क) स्थान
......................................................................२१
(ख) सिमाना
....................................................................२१
(ग) भौगोलिक बनावट र दृश्य
.............................................२१
(घ) हावापानी, वनस्पति
र जडीबुटीहरू ..................................२३
(ड) गुफा, शिवलिङ्ग
र वरपरका महत्त्वपूर्ण स्थानहरू ..................२३
(च) जीव जनावर (वन्यजन्तु) र चराचुरुङ्गी
.............................२४
(छ) भौगर्भिक वस्तुहरू
......................................................२४
ड्ड सिद्धलेक
वरपरका जातजाति,
भेषभूषा र संस्कृति
......................२६
ड्ड सिद्धलेक
पर्यटन विकासक्षेत्र निर्माणका आधार,
र अनिवार्यता
..................................................................२७
ड्ड सिद्धलेकलाई
पर्यटन विकास क्षेत्रमा परिणत गराउनका
लागि स्वदेशी एवं विदेशी दातृसंस्था या
व्यक्तिहरूमा
सहयोगको अपेक्षा.............................................................
३१
ड्ड सिद्धबाबा
र सिद्धलेकका बारेमा थप खोज गर्न समस्त
बौद्धिक जगत्मा अनुरोधपूर्ण आह्वान
................................. ३४
ड्ड सिद्धलेक
पर्यटन विकासका निम्ति वर्तमान प्रयासहरू ................ ३६
ड्ड प्रस्तावित
विधान ................................ ............................४०
सिद्धलेक–सिद्धबाबा÷
शुभारम्भ
श्री सिद्धेश्वर आदिदेव शिवजी बस्ने गरेका
स्थल,
साँच्चै रम्य सुरम्य दृष्य छ उँचो शीतल् सफा
निर्मल ।
यै प्राकृतिक मोहमा रूमलिने पर्देशका पादरी,
यस्मा पर्यटकीय क्षेत्र रचना गर्दे लगौं
बेसरी ।।
यो उद्देश्य पुरा गरौं सब मिली विद्वान, नेता, धनी,
आफूनो देश, विदेश, धर्म
विविधा, ती दातू संस्था पनि ।
लागीपर्नु सलाङ, नलाङ जनता सम्पूर्ण यौटै गति,
मिल्ला बल्ल भविष्यमा सफलता ‘यो’ देशको सम्पत्ति ।।
ड्ड
Comments
Post a Comment