समर्पण
समर्पण ऐतिहासिक , धार्मिक एवं प्राकृतिक महत्त्वले भरपुर सिद्धलेकमा विराजमान श्री सिद्धेश्वर महादेव (सिद्धबाबा) को बारेमा सक्दो खोजतलास गरी यो सानो पुस्तक लेख्ने मौका पाएकोमा गर्व लागेको छ । यो पुस्तक धार्मिक आस्थामा प्रतिबद्ध मेरा पूजनीय पिता माता श्री फणीन्द्र प्रसाद अर्याल र माता श्रीमती टेन कुमारी अर्यालका चरणकमलमा सादर समर्पण गर्दछु अस्तुः । शुभकामना धादिङ जिल्ला नलाङ गा.वि.स. वडा नं. ७ बैरेनीमा बसोवास गर्दै आउनुभएका लेखक श्री शालिग्राम अर्याल प्रवेशिकासम्मको सीमित योग्यता भए पनि स्वाध्यायन पक्ष दरो भएका कारण आफ्ना कथा कविता तथा लेख रचनाहरूद्धारा जिल्लाबासीहरूलाई विमोहित पार्दै आउनु भएको छ । वहाँका लेखरचनाहरू यथार्थवादी र व्यङ्ग्यमूलक हुन्छन् । यद्यपि यो ‘सिद्धलेक सिद्धबाबा ’ (संक्षिप्त परिचय) नामक अनुसन्धानमूलक ...